तिनाउ नदीमा डुबेर भारतीय युवतीको मृत्यु
पाल्पा | कात्तिक २१, २०८०
पाल्पा: पाल्पाको तिनाउ नदीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ । भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई नेपाल घुम्न आउनुभएकी शाहिस्ता प्रविनको नदीमा डुबेर मृत्यु भएको हो ।
मङ्गलबार दिउँसो भारतबाट शैक्षिक भ्रमणका क्रममा पाल्पा आएका प्रविनको तिनाउ नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लाको तिनाउ गाउँपालिका –३, स्थित ड्यामनजिकै साथीहरूसँगै फोटो खिच्ने क्रममा तिनाउ नदीमा लडेपछि डुबेर युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

